रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Apr 2617:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

दार्चुलामा झण्डै १ करोड बढी राजश्व संकलन

दार्चुला सामाचार ,,
अपि नाम्पा संरक्षण क्षेत्रमा संकलन गरिएका विभिन्न किसिमका जडिबुटी मध्ये हालसम्म ९ सय ३७ किलोग्राम जडिबुटी दार्चुलाबाट निकासा गरिएको अपिनाम्पा संरक्षण कार्यालय दार्चुलाको तथ्याङक रहेको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जारी गरेको जडिबुटीको छोडपुर्जीको आधारमा उक्त परिणामको जडिबुटी बाहिर निकासा भएको हो । त्यसमध्ये हालसम्म अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले ५ सय ४६ किलोग्राम यार्शागुम्बा निकासा भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका निमित्त संरक्षण अधिकृत चन्द्रबहादुर चन्दले बताउनु भयो । जडिबुटीको छोडपुर्जी जारी गरेवाफत अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले अहिलेसम्म १ करोड ३६ लाख ६१ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । छोडपुर्जिका आधारमा निकासा गरिएको जडिबुटी मध्ये  यार्शागुम्बा प्रतिकिलोग्राम २५ हजार रुपैँया, सतुवा प्रतिकिलोग्राम २० रुपैँया , बनलसुन प्रतिकिलोग्राम १५ रुपैँयाका दरले राजश्व संकलन गर्ने गरिएको छ । 
 

सामाजिक संजाल

More

भिडियोहरु