रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Saturday, 2017 May 2717:23:43 NST

अहिले तरंग

गजल गंगा

केहि क्षणमा

खवर चेक

News

image not found

सन् २०१६ सकिन चार महिना बाँकी, डिवाससीसी जुर्मुरायो,

दार्चुला समाचार 
दार्चुला जिल्लाको सरसफाई रणनीतिक योजना अनुरुप दार्चुला जिल्लालाई स्न २०१६ भित्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नु पर्ने प्रतिबद्धता अनुसार चालु आर्थिक बर्षमा जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको प्रथम बैठक बसेको छ । 
सन् २०१६ सकिन अब चार महिनामात्रै बाँकी रहेको बेला डिवाससीसि जुर्मूराउन थालेको हो । दार्चुला जिल्लामा रहेका १ नगरपालिका र ३६ गाविसमध्ये अब ४ गाविस र नगरपालिकाका केही वडाहरु खुल्ला दिशा मुक्त हुन बाँकी रहेका छन् । 
आज बसेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठकले दार्चुला जिल्लाका गोकुलेश्वर, शिखर र दत्तु गाविसमा भाद्र २० र २१ गते डिवाससीसीले अनुगमन गरेपछि मात्रै खुल्ला दिशामुक्त घोषणाको तयारी गर्ने, व्याँस गाविसलाई असोज १५ गते भित्रै खुल्ला दिशामुक्त घोषणा गर्न आवस्यक पहलका लागि भिवाससीसीलाई पत्राचार गर्ने, नगरपालिकाको सरसफाई अवस्था ९० प्रतिशत पुगेको अवस्थामा यथासिघ्र बाँकी काम पुरा गर्न निर्देशन दिने र आगामी बैठकबाट जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तयारीका बारेमा निर्णय गर्ने निर्णय भएको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति दार्चुलाका सदस्य सचिव बिरभद्र जोशीले जानकारी दिनुभयो । यस सम्बन्धी रिपोर्ट एकै छिनमा प्रशारण गर्ने छौँ । 
 

सामाजिक संजाल

More

भिडियोहरु