रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Apr 2617:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

ताप्लेजुङका विभिन्न स्थानमा पहिरो, दर्जनौं घरमा क्षति

१८ भदौं, ताप्लेजुङ । गए रातिदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ नगरपालिका दुई र आठमा निरन्तर पहिरो झरिरहेको छ ।
 
पहिरोका कारण दर्जनौ घरमा क्षति पुगेको छ भने ठाँउठाँउमा पहिरो झरेपछि मेचीराजमार्ग समेत अवरुद्ध बनेको छ ।
 
पहिरोका कारण ताप्लेजुङ नगरपालिका आठका भुवानी शंकर नेपाल, अग्निप्रसाद भण्डारी, टेकनाथ दाहाल, डिल्लीराम अधिकारी, राजकुमार मगर, जगत बहादुर मगर, गुरुप्रसाद विक, सोमबहादुर विक, गंगामाया भट्टराई लगायतको घरहरुमा क्षति पुगेको छ ।
 
यस्तै ताप्लेजुङ नगरपालीका २ केनिममा नेत्रप्रसाद भट्टराई सहित अन्य छ जनाको घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।
 
गएराति करीव एक बजेबाट झरेको पहिरोले ताप्लेजुङ नगरपालिका ९ सदरमुकाम नजिकैको कफिहाउस क्षेत्रका १० घरमासमेत क्षति पुर्‍याएको स्थानीय गणेश नेपालले बताए । सो स्थानका स्थानीय अहिले सुरक्षित स्थानमा रहेका छन् ।
 
पहिरोले स्थानीयको गाई, भैसि लगायत घरमा क्षति पुर्‍याए पनि मानवीय क्षति भएको खबर भने नआएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।
 
पहिरोग्रस्त क्षेत्रमा पुग्ने सडक अबरुद्ध रहेको छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलि अहिले परिचालन गरिएको छ ।

सामाजिक संजाल

More

भिडियोहरु