रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Jul 2117:23:43 NST

अहिले तरंग

सदाबहार गीतहरु

केहि क्षणमा

समापन

News

image not found

शहरबजार देखि गाउँघर सम्म तिजको लहर छायो, विभिन्न ठाउँमा दरखाने र शभकामना साटासाट गरिदै

हिन्दु नेपाली नारीहरुको विशेष महत्व राखेको पर्व हरितालिका तीजको लहर शहरबजार देखि गाउँघरसम्म छाएको छ । यसबर्षको हरितालिका तीज १९ गते परेको छ । भोली शनिबार तथा पर्सी हरितालिका तीज नै भएकाले आज विभिन्न संघसंस्था, विद्यालय तथा समूहहरुले हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् ।  
 
जिल्ला सदरमुकाम खलङ्गामा रहेको महेन्द्र मावि खलंगाको साहित्य सांस्कृतिक विद्यार्थी समितिले आज तीजको अवसरमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता सञ्चालन गरेको छ । विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीको अध्यक्षतामा सञ्चालित तीज विशेष कार्यक्रममा खलगां श्रोतकेन्द्रका श्रोतव्यक्ति करन बहादुर ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो भने  सहायक प्रधानाध्यापक शेरसिह खत्रीको विशिष्ट अतिथ्यतामा कार्यक्रम गरिएको विद्यार्थी गोविन्द डडालले जानकारी दिनु भयो । 
 
 
त्यस्तै ग्वानी गाविसको वडा नम्बर ६ मा रहेको मालिकार्जुन मावि अगर विद्यालय परिवारले तीज विशेष कार्यक्रमको आयोजना गरी एक आपसमा तीजको शुभकामना आदान प्रदान गरेको शिक्षक दानसिँह डागाँले जानकारी दिनुभयो । त्यस्तै सारथी मिडिया नेटवर्कको आयोजना तथा महिला तथा बालबालिका कार्यालयको सहआयोजनामा दार्चुला विकास संगठनमा पनि तिज विषेश कार्यक्रम गरिएको छ । साथै जिल्ला भरी विभिन्न विद्यालय र संघसंस्थाहरुले तिजविशेष कार्यक्रम गरेको विभिन्न गाविसमा रहेका हाम्रा सम्बाददाताहरुले खबर पठाउनु भएको छ । 
 

सामाजिक संजाल

More

भिडियोहरु