रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Thursday, 2017 Sep 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

नेपाल र मकाउविच खेल सुरु भएको छ । भिडियो सहित

एफसि सोलिडारिटी कप फुटवल अन्र्तगत अहिले नेपाल र मकाउविचको खेल चलिरहेको छ । । विराज महर्जनकै कप्तानीमा नेपाली टिम मैदानमा उत्रेको छ । अरु खेलाडीमा किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, रविन श्रेष्ठ, अन्जन खड्का, विक्रम लामा, विमल घर्तीमगर, सुजल श्रेष्ठ र भरत खवास रहेका छन् । कुचिङको सरावाक मैदानमा सुरु भएको खेलमा नेपाल खेल जितेर नेपालले इतिहास रच्न चाहन्छ । अहिलेसम्म नेपालले एसियालीस्तरको कुनैपनि प्रतियोगिता जितेको छैन । सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै नेपाल तथा ब्रुनाइलाई पेनाल्टी सुटआउटमै हराएर मकाउ फाइनलमा पुगेको हो । नेपाल र मकाउले यसअघि आपसमा ५खेल खेलेका छन् । जसमा नेपालले ३ खेलमा जित हासिल गर्दा एक खेलमा बराबरी गरेको छ भने एक खेलमा हार व्यहोरेको छ । नेपालले १५ गोल गर्दा ७ गोलमात्र खाएको छ । जारी प्रतियोगिताको समूह चरणमा नेपालले ब्रुनाईलाई ३–० ले हराउँदा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो ।
भिडियो हेर्न क्लिक गर्नुहोस
 
 

सामाजिक संजाल

More

भिडियोहरु