रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Apr 2617:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

नौगड गाढ साना जलविद्युत आयोजनामा दुई बैंकले १ अर्ब लगानी गर्ने

माघ १३ दार्चुला
अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको दोश्रो आयोजना नौगड गाढ आयोजनामा नेपाल एस.बि.आई. बैंक र प्रभु बैंक लिमिटेडले एक अर्व लगानी गर्ने भएका छन् ।
 
कुल १४४ करोड लागतमा बन्ने यो आयोजनामा ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत शेयरधनीको लगानीरहने कम्पनीका कार्यकारी संचालक संजीव न्यौपानेले बताउनु भएको छ  ।
 
बुधबार ट्रेड टावर विजनेश सेन्टर, थापाथलीको सभा कक्षमा सम्पन्न भएको छलफलमा  नेपाल एस।बि।आई। बैंक लिमिटेडले ५५ करोड र प्रभु बैंक लिमिटेडले ४५ करोड गरि जम्मा एक अर्व ऋण प्रवाह गर्ने सम्झौता भएको न्यौपानेले बताउनु भयो ।
 
२०७४ साल चैत मसान्तभित्र आयोजना सम्पन्न गरि राष्ट्रिय प्रशारण लाइनमा जोडेर विद्युत आपूर्ति गरिने न्यौपानेले बताउनु भयो ।
 
आयोजनाबाट उत्पादित  विद्युत ८ कि।मि। लामो ३३ केभि ट्रान्समिशन लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडी १३२ केभि ट्रान्समिशन लाईन मार्फत कैलाली जिल्लाको अत्तरीया सब स्टेशन हुँदै देशभर प्रशारण हुने न्यौपानेले बताउनु भयो ।
 
कम्पनीले यस अघि नै १७ महिनाको छोटो अवधिमा ८।५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७२ साल भाद्र देखि राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रवाह गरिसकेको  छ ।
Source: TV Annapurna

सामाजिक संजाल

More

भिडियोहरु