रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 May 2417:23:43 NST

अहिले तरंग

सझा खबर

केहि क्षणमा

खबर प्रभात

News

image not found

टेलिकमद्वारा कल, एसएमएस र डाटामा छुट

नेपाल टेलिकमले दशैं, तिहार र छठको अवसरमा आफ्नो सेवा प्रयोग गर्ने उपभोक्ताहरुलाई विभिन्न छुट दिने भएको छ । आइतबार विज्ञप्ति निकालेर टेलिकमपले यसअघि २ सय रुपैयाँमा दिँदै आएको जिएसएम तथा सिडिएमए मोबाइलको सिम तथा रिम कार्ड कात्तिक १ गतेदेखि ९० रुपैयाँमा दिने जनाएको छ । ९० रुपैयाँमा पाइने सिम तथा रिम कार्डबाट ५० रुपैयाँ बराबरको कुराकानी गर्न पाइने छ । टेलिकमले यसअघि २ सय रुपैयाँ हालेर सिम किनिसकेका तर एक्टिभेट नगरेकाहरुलाई असोज ३० गते भित्र एक्टिभेट गर्न आग्रह गरेको छ । यसैगरी टेलिकमले असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म जिएसएम तथा सिडिएमए मोबाइलबाट कुराकानी गर्दा लाग्ने रकममा १० प्रतिशत छुट दिने पनि जनाएको छ । छुटपछि प्रिपेडबाट प्रतिमिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेडबाट प्रति मिनेट ९० पैसामा कुराकानी गर्न पाइने छ । असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म टेलिकमको नेटवर्कभित्र दैनिक हुने कुल एसएमएसवापद त्यति नै संख्यामा बोनस एसएमएस दिइने छ । एसएमएस गरेको दिनको भोलीपल्ट पाइने यो बोनस एसएमएसको समयावधि एक दिन मात्र हुने छ । यस्तै टेलिकमले असोज २८ गतेदेखि कात्तिक २८ गतेसम्म एक महिनाका लागि जिएसएम तथा सिडिएमए मोबाइलका पोष्टपेड प्रयोगकर्तालाई ५० एमबी डाटा सित्तैमा उपलब्ध गराउने छ । टेलिकमले असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म जिएसएमका पोष्टपेड र प्रिपेड दुवै मोबाइलमा ५० रुपैयाँमा २ सय एमबी र सिडिएमका पोष्टपेड र प्रिपेड दुवै मोबाइलमा ५० रुपैयाँमा ३ सय एमबी डाटा दिने पनि जनाएको छ । यो डाटाको समयअवधि ७ दिन मात्र हुने छ । टेलिकमले कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवा (ल्याण्ड लाइन तथा सिडिएमए फोन)का प्रयोगकर्तालाई मासिक २ सय रुपैयाँमा मा १ सय ७५ निःशुल्क लोकल कल उपलब्ध गराउँदै आएकोमा कात्तिक महिनामा भने २ सय ७५ कल उपलब्ध गराउने छ । वाइम्याक्स इन्टरनेट प्रयोगकर्ताले भने ६ सय ५० रुपैयाँमा ५ जिबीदेखि ८ हजार रुपैयाँमा १ सय २० जिबीसम्म डाटा प्रयोग गर्न सकिने छ । ५ जिबीको डाटा एक महिना भित्र प्रयोग गर्नु पर्ने छ भने १ सय २० जिबी एक वर्ष भित्र प्रयोग गर्न सकिने छ ।

सामाजिक संजाल

More

भिडियोहरु