रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Aug 2217:23:43 NST

अहिले तरंग

नेपाल खवर

केहि क्षणमा

लोक दोहरी गीतहरु

News

image not found

चमेलिया जलविद्युत आयोजनाको प्रगति ९७ प्रतिशत, २०१७ डिसेम्बर सम्म काम सम्पन्न गरिने ।।

दार्चुला समाचार 
राष्ट्रकै गौरवको आयोजना दार्चुलाको शिखर बलाँचमा रहेको निर्माणाधीन ३० मेगावाटको चमेलिया आयोजनाको काम हालसम्मा ९७ प्रतिशत प्रगति भएको छ । 
सन् २०१७ डिसेम्बर सम्म आयोजनाको काम सम्पन्न गर्ने गरी काम भइरहेकाले खुम्चिएको सुरङको अब ३२ मिटर मात्रै निर्माण गर्न बाकी रहेको चमेलिया जलविद्य्ुत आयोजनाका आयोजना प्रमुख अजय दाहालले बताउनु भयो । 
सुरुमा ८ सय ४३ मिटर खुम्चिएको सुरङ मध्ये ६ सय ११ मिटर काम सम्पन्न भइ सक्दा सन् २०१५ फेब्रुअरी १० देखि काम बन्द भएको थियो । सुरुङ पुनःनिर्माण गर्नको लागि लागत बढी लाग्ने भन्दै निर्माण कम्पनीले थप बजेट माग गरेपछि आयोजना निर्माणको काम बन्द भर्एको थियो । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरण र निर्माण कम्पनीबीच सहमती भएपछि बाँकी रहेको २ सय ३२ मिटर सुरुङको काम २८ सेप्टेम्बर २०१६ बाट सुरु भएको थियो ।  उक्त २ सय ३२ मिटर खुम्चिएको सुरङ अब ३२ मिटर मात्रै निर्माण गर्न बाँकी रहेको आयोजना प्रमुख दाहालले जानकारी दिनुभयो । २०१७ डिसेम्बर सम्म आयोजनको काम सम्पन्न गर्ने गरी काम तीब्रताका साथ भइरहेकोले केही दिनमै सुरुङको काम सम्पन्न हुने आयोजना प्रमुख दाहालले बताउनु भयो ।  हालसम्म ४ सय १२ वटा टावर र १ सय ३२ केभीको १ सय ३१ किलोमिटर ट्रान्समिसन विद्युत्त् प्रशासरण लाईनको काम सम्पन्न भई आयोजनाको प्रगति हालसम्म ९७ प्रतिशत भइसकेको आयोजनाले जनाएको छ । सन् २००७ सालदेखि निर्माण कार्य सुरु गरिएको चमेलिया जलविद्युत्त् आयोजनामा जम्मा १५ अर्ब ६ करोड रुपैया लागत अनुमान गरिएको थियो ।
 

सामाजिक संजाल

More

भिडियोहरु