रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Saturday, 2017 May 2717:23:43 NST

अहिले तरंग

गजल गंगा

केहि क्षणमा

खवर चेक

News

image not found

दार्चुलाका दुईवटा विद्यालयमा पुरानै समितिलाई काम गर्न सर्वोच्च अदालतको आदेश

नयाँ नेपाल एफएम दार्चुला
शिक्षा ऐन २०२८ को आठौँ संसोधन पछि शिक्षा क्षेत्रमा विभिन्न नीतिहरु परिवर्तन गरेको छ । संसोधित ऐन अनुसार देशभरका सबै विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति पुर्नगठन भएका बेला दार्चुला जिल्लाका दुईवटा विद्यालयहरुमा पुरानै विद्यालय व्यवस्थापन समितिलाई काम गर्न अन्तरिम आदेश दिएको छ । 
दार्चुलाको मालिकार्जुन गाविसमा रहेको मालिकार्जुन मावि मड प्रेमनगर तथा दत्तू गाविसमा रहेको राष्ट्रिय मावि दत्तूमा पुरानै विद्यालय व्यवस्थान समितिलाई काम गर्न आदेश दिएको निमित्त जिल्ला शिक्षा अधिकारी मदनराज जोशीले बताउनु भयो ।  ती विद्यालयका विद्यालय व्यवस्थापन समितिले आफुहरुको कार्यकाल नसकिँदै ऐन संसोधन भएको भन्दै पुर्ण कार्यकाल सञ्चालन गर्न पाउने माग सहित सर्वोच्च अदालतमा रिट दायर गरेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला शिक्षा कार्यालय, शिक्षा मन्त्रालय र विभागलाई विपक्षी बनाएर दायर गरिएको रिटको छानविन गर्दै सर्वोच्च अदालतले एकहप्ता पहिले यस्तो आदेश जारी गरेको निमित्त जिल्ला शिक्षा अधिकारी जोशीले जानकारी दिनुभयो । 
जोशीले भन्नु भयो ‘शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा जिल्ला शिक्षा कार्यालयलाई कार्य आदेश दिएर अर्को व्यवस्था नहुँदाका लागि पुरानै विद्यालय व्यवस्थापन समितिलाई काम गर्ने जानकारी आएको छ ।’ दार्चुला जिल्लामा रहेका अन्य सबै ३ सय ५७ विद्यालयहरुमा संसोधित शिक्षा ऐन अनुसार नै विद्यालय व्यवस्थापन समितिहरु पर्नुगठन भईसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
 

सामाजिक संजाल

More

भिडियोहरु