रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Nov 2117:23:43 NST

अहिले तरंग

श्रोता सन्देश

केहि क्षणमा

हिन्दी गीत

News

image not found

युवा संघको सातौँ जिल्ला अधिबेशनबाट नयाँ समिति चयन ।।

नयाँ नेपाल एफएम दार्चुला ,
नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपाल दार्चुला साखाको सातौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ । शुक्रबार अबेर राति सकिएको बन्द सत्रबाट बिक्रमबहादुर पाल अध्यक्ष रहने गरी २७ सदस्य रहेको जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन गर्दै अधिबेसन सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटि सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो । समितिका अन्य पदाधिकारी हरुमा जयन्ति महता उपाध्यक्ष, कल्यानसिह विष्ट सचिव, किसनसिह ऐरी कोषाध्यक्ष, र गोपाल राम टमटालाई सह सचिवमा चयन गरी जिल्ला सम्मेलन राति करिब १० बजेतिर सकिएको थियो । युवा संघ नेपालले राष्ट्र निर्माणको भावना आत्मासात गर्दै नयाँ कार्ययोजनाका साथ विकास निर्माणको क्षेत्रमा होमिने नव निर्वाचित अध्यक्ष विक्रम बहादुर पालले बताए । युवाहरुमा भएको जोश र जाँगरलाई आत्मसात गर्दै देश विकासका लागि सबैभन्दा अगाडि युवा संघ रहने उनले बताए । युवा संघ जिल्ला कमिटिमा चन्द्रसिह ऐरी, गणेशसिह बिष्ट, धौलसिह ठगुन्ना, लालबहादुर बडाल, गंगादत्त जोशी, गणेशसिह ठगुन्ना, पदमराज भट्ट, पदमसिह बोहरा, प्रेमसिह धामी, पुष्कर डागा, दानसिह धामी, दिपेन्द्र कार्की, बिरसिह धामी, लोकेन्द्र डागा, जनक ठेकरे, माया बिष्ट, अर्चना चन्द, जस्मा लुहार, अम्मरा बंम, करनराम लुहार र बिक्रम तिंकरी सदस्य रहेका छन् ।
 

सामाजिक संजाल

More

भिडियोहरु