रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Aug 2217:23:43 NST

अहिले तरंग

केहि क्षणमा

लोक दोहरी गीतहरु

News

image not found

एमाले निर्वाचनमा मात्र नभई विकासमा पनि अगाडिः सभाषद् ठगुन््ना

नयाँ नेपाल एफएम दार्चुला ,
दार्चुला जिल्ला भरी विद्युत विस्तारका लागि आफुले पहल गरिरहेको दार्चुलाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्नाले बताउनु भएको छ । नेकपा एमालेको प्रस्तावित नौगाड गाउँपालिकाको भेलालाई सम्बोधन गर्दै ठगुन्नाले प्रत्येक गाविसमा ग्रामिण विद्युतिकरण गर्न ४ करोड विनियोजन गरेको बताउनु भएको छ । 
नौगाड गाउँपालिकालाई सञ्चारको पहुँचमा ल्याउन टावर निर्माणका लागि पहल गरिरहेको बताउदै सांसद ठगुन्नाले महाकाली कोरिडोरका चालु आर्थिक वर्षमा सांसद विकास कोषबाट २५ करोड, सिप्टीको ग्रामिण कृषि सडक निर्माणका लागि १ करोड र देथला सडक खण्डमा ५५ लाख रकम विनियोजन गरिएको बताउनु भयो । खलंगा र गोकुलेश्वरमा रहेका क्याम्पसहरुलाई त्रिविको आंगिक क्याम्पस बनाउका लागि फाईल मन्त्रालयमा पुगिसकेको सांसद ठगुन्नाले बताउनु भयो । त्यस्तै दलित तथा गरिब आवास कार्यक्रम अन्र्तगत दार्चुलामा यो वर्ष १ सय घर निर्माण हुन लागेको समेत बताउनु भयो । नेकपा एमालेले निर्बाचनहरुमा मात्रै नभई विकास निर्माणका पक्षमा समेत सबैभन्दा अगाडी रहने बताउनु भएको छ । निर्बाचनका बेला चुनाबी मैदानमा उत्रिने राजनीतिक दलहरुले दार्चुलाको विकास निर्माणको पक्षमा समेत प्रतिस्पर्धा गर्न पछि नहट्नु पर्ने सांसद ठगुन्नाले धारणा राख्नु भएको छ । त्यसैगरि बिहीवारै नेकपा एमालेको गाउ जागरण अभियान बिहीवार प्रस्तावित नौगाड गाउपालिकाको होपरीगाढ जामिरमा सम्पन्न भएको छ । उक्त एमाले गाउँ जागरण अभियान तथा कार्यकर्ता भेटघाँट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी डेढ सय भन्दा बढीले एमाले प्रबेश गरेका छन् । नेकपा एमाले गाउँ कमिटि धौलाकोटले गाविसका विभिन्न विकास निर्माणका लागि माग राख्दै नेकपा एमाले केन्द्रिय कमिटि सदस्य एवं दार्चुलाबाट निर्बाचित गणेशसिँह ठगुन्नालाई माग पत्र हस्तारण गर्ने तयारी गरेका छन् । गाउँ कमिटि अध्यक्ष देवदत्त भट्टको अध्यक्षता एवं ईलाका ईञ्चार्ज चन्द्रीदत्त भट्टको प्रमुख आतिथ्यतामा बिहीवार बसेको बैठकले धौलाकोट गाविसका विभिन्न विकास निर्माणका लागि पहल गरिदिन एमालेलाई अनुरोध स्वरुप माग पत्र हस्तारण गर्ने तयारी गरेको छ । 
 

सामाजिक संजाल

More

भिडियोहरु