रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Sep 2217:23:43 NST

अहिले तरंग

नेपाल खवर

केहि क्षणमा

पप गितहरु

News

image not found

भारतको धारचुलामा मतदाताले गरे मतदान बहिस्कार

नयाँ नेपाल एफएम दार्चुला,
उत्तराखंडमा भएको विधानसभाको चुनावमा धारचुलाको मुनस्यारी क्षेत्रको अतिदुर्गम गाउ क्यारिजियामीका स्थानियले मतदान बहिस्कार गरेका छन् । आफ्नो गाउमा सडक निर्माण नगरेको भन्दै त्यहाका स्थानियले मतदान बहिस्कार गरेका हुन । २ सय ८८ मतदाता रहेको उक्त बुथबाट ५ जनाले मात्र मतदान गरेका छन् । उक्तm ५ जना मतदाता सरकारी कर्मचारी रहेका थिए । मुनस्यारी बाट २६ किलोमीटर टाढा रहेको क्यारिजीयामी गाउ पुग्नको लागि ६ कीलोमीटर पैदल यात्रा हिडनुपर्ने बाध्याता रहेको छ । बारम्बार सरकारलाइ सडक र पुर्नबासका माग गरेको र आफ्नो माग पुरा नभए मतदान नै बहिस्कार गर्ने चेतावनी दिदादिदै यसमा सरकारले कुनै चासो नदिएकाले मतदान बहिस्कार गरेका त्यहाका स्थानियहरुले बताउनु भएको छ । बुधबार सञ्चालन  भएको मतदान प्रक्रियामा दिनभर गाउबाट कुनै मतदाता मतदान केन्द्रमा नआएपछि ५ जना सरकारी कर्मचारीहरुले मात्र मतदान गरेका थिए । जसमध्ये एकजना महिला शिक्षिका २ जना बालविकास कर्मी लगायत ५ जनाले मतदान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 
 

सामाजिक संजाल

More

भिडियोहरु