रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Apr 2617:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

२ सय चौहत्तर विद्यार्थिहरुबाट ७४जनाले मात्रै मतदान गर्न पाउने

नयाँ नेपाल एफएम दार्चुला, 
द्यार्चुलाको गोकुलेश्वर क्यामम्पसमा अध्ययनरथ विद्यार्थीहरुले क्याम्पसको फिस नबुझाएका तथा माघ १५ गते पछि भर्ना भएका विद्यार्थीहरुले यही फागुन १४ गते निर्धारण गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्बाचनमा सहभागि हुन नपाउने भएको छन् । दार्चुलाको गोकुलेश्वर बहुमूखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमध्ये शैक्षिक शूल्क नबुझाएका तथा माघ १५ सम्म भर्ना नभएका विद्यार्थीहरुले स्ववियु निर्बाचनमा मतदान गर्न नपाउने मतदान अधिकृत धनसिँह विष्टले बताउनु भयो । त्यस्तै आन्तरिक भर्ना भने फागुन १ गते सम्म गरिएको थियो । 
निर्बाचन समितिको बिहीवार बसेको बैठकले यस्तो निर्णय गरेपछि गोकुलेश्वर बहुमूखी क्याम्पसका दोस्रो र तेस्रो वर्षका जम्मा २ सय ७४ जना मध्ये २ सय जनाले स्ववियु निर्बाचनमा मतदान गर्न नपाउने भएको छन् । गोकुलेश्वर बहुमूखी क्याम्पसका जम्मा ७४ जनाले मात्रै १४ गतेको स्ववियु निर्बाचनमा मतदान गर्न पाउने निर्बाचन समितिले जनाएको छ ।  त्यस्तै गोकुलेश्वर बहुमूखी क्याम्पसमा निर्बाचनको तयारी तीव्र पारिएको छ । माघ २७ गते संयोजक मोहनदेव विष्ट, निर्बाचन अधिकृत खगेन्द्र विष्ट, मतदान अधिकृत धनसिँह विष्ट तथा निर्बाचन सदस्य रामदत्त पन्त र मानसिँह विष्ट चयन गरिएको छ ।
 

सामाजिक संजाल

More

भिडियोहरु