रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Oct 1817:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

नागरिकको साथ विना प्रशासनले केही गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी कोईरालाको भनाई ।।

नयाँ नेपाल एफएम दार्चुला, 
प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोईरालाले नागरिकको साथ विना प्रशासन तथा प्रहरी एक्लैले मात्रै केही गर्न नसक्ने बताउनु भएको छ । समुदायमा भए गरेका अपराधिक तथा असमाजिक क्रियाकलाहरुको उन्मुलन गर्न प्रहरी तथा प्रशासन एक्लैले मात्र सम्भव नहुने भन्दै आ–आफ्नो ठाउँबाट प्रशासन तथा प्रहरीहरुलाई जानकारी गराई सहयोग गर्न् पर्नेमा प्रमुख जिल्ला अधिकारी कोईरालाले धारणा राख्नु भएको छ । दत्तु प्रहरी चौकीको नागरिक सहायता कक्षको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएको प्रमुख जिल्ला अधिकारी कोइरालाले यस्तो धारणा व्यक्त गर्नु भएको दत्तुबाट नयाँ नेपाल सहकर्मी राजेन्द्रसिँह नगारीले खबर पठाउनु भएको छ ।
गाविसको ४० हजार अनुदान बाँकी प्रहरीहरुको सहयोगमा निर्माण गरिएको नागरिक सहायता कक्षको उद्घाटन गरिएको दत्तु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दुर्गादत्त भट्टले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केदार खनालको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी सहदेव रायमाझी, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र कुवँर, समाजसेवि, पत्रकारहरु लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।
 

सामाजिक संजाल

More

भिडियोहरु