रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Oct 1817:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

अस्पतालमा मारिएका र घाइतेका परिवारलाई अमेरिकाले क्षतिपूर्ति दिने

अफगानिस्तानको कुन्दूजस्थित एक अस्पतालमा आफ्ना सेनाले गरेको हवाई आक्रमणमा परी मारिएका र घाइते भएका परिवारका लागि अमेरिकाले क्षतिपूर्ति दिने भएको छ । मेडिसिन्स सैन्ज फ्रन्टियर्स एमएसएफको एक अस्पतालमा एक साता पहिले गरिएको अमेरिकी आक्रमणमा २२ जना मारिएका थिए । तालिवानविरुद्ध कार्वाही गर्दा भूलवश उक्त अस्पताल निशानामा परेको अमेरिकी प्रष्टीकरण रहँदै आएको छ । एमएसएफले भने यस आक्रमणलाई युद्ध अपराधको संज्ञा दिँदै अन्तर्राष्ट्रिय समितिमार्फत् अनुसन्धान गर्न माग गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले भने दुःखद घटनामा परेकाहरुलाई सहयोग गरिने जनाएको हो । अस्पताल मर्मतका लागि पनि सहयोग गरिने अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले समेत यस घटनाप्रति एमएसएफका अध्यक्ष र अफगानिस्तानका राष्ट्रपतिसँग माफी मागेका थिए । घटनापछि अझै ३० भन्दा बढी अस्पतालका कर्मचारी र विरामी वेपत्ता रहेको बताइएको छ ।

सामाजिक संजाल

More

भिडियोहरु