रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Aug 2217:23:43 NST

अहिले तरंग

केहि क्षणमा

लोक दोहरी गीतहरु

News

image not found

प्रयोगात्मक कक्षाको समान नआएको भन्दै विद्यालयमा तालाबन्दि

नयाँ नेपाल एफएम, दार्चुला 
जनविकास मावि बारवाँजमा सञ्चालित प्राविधिकतर्फको प्रयोगात्मक कक्षाका लागि समान उपलब्ध नभएको लगायताका माग राखेर विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका छन् ।
गत वर्ष नै रकम विनियोजन भएपनि प्रयोगात्मक कक्षाका समान नआउँदा पठन पाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । फागुन १ गतेबाट नै विद्यालय प्रशासनलाई पटक पटक आफ्ना माग पूरा गर्न दबाव दिदै आएका विद्यार्थीहरुले आजबाट भने विद्यालयमा तालाबन्दी गरेको विद्यार्थी महेन्द्र कार्कीले जानकारी दिएका छन् । माग पूरा नभएसम्म तालाबन्दी कायम राखिने उहाँले बताउनु भयो ।
समान खरिद प्रक्रियामा समस्या हुँदा प्रयोगात्मक समान समयमै उपलब्ध हुन नसकेको बताउँदै प्रधानाध्यापक गीत कुवँरले एक हप्ताभित्रै समान उपलब्ध हुने भएकाले विद्यार्थीहरुलाई नियमित पठन पाठनमा फर्किन आग्रह गर्नु भएको छ ।
प्रयोगशालाका समानका लागि शिक्षा विभागले प्राविधिक सञ्जलमार्फत खरिद गर्ने प्रक्रिया मिलाएको तर अहिले आएर सञ्जालले समान उपलब्ध गराउन नसक्ने जनाएपछि समयमै समान विद्यालयमा पुग्न नसकेको प्रधानाध्यापक कुवँरले बताउनु भयो । गत वर्ष नै विभागले प्राविधिक सञ्जालमार्फत समान खरिद गर्न निर्देशन दिएकाले विद्यालयले आफै समान किन्न नसकेको जनाउँदै प्रधानाध्यापक कुवँरले पछिल्लो समय विभागले विद्यालय आफैलाई समान किन्न भनेपछि विद्यालयले समान किनिसकेको बताउनु भयो । ‘काठमाण्डौमा समान किनिसकिएको छ । एकहप्ताभित्रै विद्यालयमा समान पुग्छ ।’ प्रधानाध्यापक गीता कुवँरले भन्नुभयो । प्रयोगात्मक कक्षाका समानबाहेक अन्य नियमित पठक पाठनका कुराहरु विद्यालय प्रशासनसँग बसेर समाधान गर्न सकिने पनि उहाँले बताउनु भयो ।
 

सामाजिक संजाल

More

भिडियोहरु