रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Thursday, 2017 Sep 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

चट्याङ लागेर कञ्चनपुरमा एकै परिवारका ४ जना घाइते

कञ्चनपुरको बेतकोट नगरपालिका १२ रानादैजीमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते भएका छन् । बिहीबार दिउँसो घरको बरन्डामा बसिरहेको बेला पानीसँगै परेको चट्याङ लागेर रानादैजीका ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

रानादैजीका ५५ वर्षिय फगिराम राना, २० वर्षिय निर्मला राना, १४ वर्षिय विपरित राना र ११ वर्षिय मनोज राना चट्याङ लागेर घाइते हुनुभएको छ । घाइतेमध्ये फगिराम रानाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भारतको खटिमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी केदार खनालले जानकारी दिनुभयो ।

घरमा लगाइएको विद्युत् मिटरमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

More

भिडियोहरु