रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Apr 2517:23:43 NST

अहिले तरंग

हुक्का चिलीम

केहि क्षणमा

बिबिसी नेपाली सेवा

News

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सपथ

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रपति भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारीहरु, सुरक्षा अङ्गका प्रमुखहरु, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । 
शपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपति डा रामबरण यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई पदभार हस्तान्तरण गराउनुभएको थियो । शपथ ग्रहणपछि नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा २१ तोपको सम्मान अर्पण गरेको थियो । भण्डारी व्यवस्थापिका संसदबाट हिजो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नवनिवार्चित राष्ट्रपति भण्डारी आफ्नो निवास मध्यबानेश्वरबाट विशेष सुरक्षा व्यवस्थासहित राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको थियो ।
 

सामाजिक संजाल

More

भिडियोहरु