रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Jul 2117:23:43 NST

अहिले तरंग

सदाबहार गीतहरु

केहि क्षणमा

समापन

News

उपराष्ट्रपतिमा काँग्रेस र एमालेको उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा नेपाली कांग्रेसका अमियकुमार यादव र एकीकृत नेकपा माओवादीका नन्दकिशोर पुन पासाङको उम्मेदवारी दर्ता भएको छ । काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गर्नुभएका यादवको प्रस्तावकमा प्रमुख सचेतक चीनकाजी श्रेष्ठ रहनुभएको छ भने ईश्वरी न्यौपाने समर्थक रहनुभएको छ । यस्तै माओवादी नेता पासाङको प्रस्तावकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र समर्थकमा राप्रपा नेपालका दिलनाथ गिरी रहनुभएको छ । यस अघि उपराष्ट्रपतिमा मनोनयन दर्ता गराएका स्वतन्त्र सांसद अतहर कमाल मुसलमान र परिवार दलका दयाराम कँडेलले उम्मेदवारी फिर्ता लिएका छन् । कमालले कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ भने कँडेलले सत्तारुढ दलको आग्रहमा उम्मेदवारी फिर्ता लिनुभएको हो । उम्मेदवारी दर्ताका लागि आज ११ बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । उपराष्ट्रपतिका लागि व्यवस्थापिका संसदमा भोलि मतदान हुनेछ । मतपरिणाम भने भोली बेलुकी ५ बजे घोषणा हुने छ ।

सामाजिक संजाल

More

भिडियोहरु