रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Thursday, 2017 Sep 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

डीएनए मर्मतको अध्ययन गरेकोमा तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिक टोमस लिंडाल, पाउल माड्रिच र अजीज स्यान्करलाई प्रदान गरिने भएको छ । डीएनए मर्मतको अध्ययन गरेकोमा उनीहरुलाई रसायनशास्त्रको पुरस्कार दिइएको रोयल स्वीडिस एकाडेमी अफ साइन्सले जनाएको छ । 
क्यान्सर जस्तो रोगमा स्वास्थ्य कसरी बिग्रन्छ भन्ने तथ्य बुझ्न डीएनए मर्मतको अध्ययन सहयोगी भएको बताइएको छ । पुरस्कृत वैज्ञानिकले कोशिकाहरुले कसरी क्षतिग्रस्त डीएनए मर्मत गर्न सक्छ भन्ने स्पष्ट पारेका थिए । ८० लाख स्वीडिस क्रोनर पुरस्कार राशीलाई तीन जनामा बराबर बाँडिनेछ ।
 

सामाजिक संजाल

More

भिडियोहरु