रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Saturday, 2017 May 2717:23:43 NST

अहिले तरंग

गजल गंगा

केहि क्षणमा

खवर चेक

News

इन्धन आयातमा भारतको विकल्प खोजिँदै, आयल निगम गृहकार्यमा

भारतले अघोषित नाकाबन्दी कायमै राखेपछि नेपाल आल निगमले अन्य मुलुकसँग तेल किन्न गृहकार्य अघि बढाएको छ । सरकारी निर्देशन अनुसार आयल निगमले भारतको विकल्प खोज्न लागेको हो । भारतले पेट्रोलियम पदार्थ दिन आनाकानी गरेको र नाकामा पनि अवरोध कायमै राखेपछि सरकारले विकल्प खोज्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयबारे मंगलबार बाणिज्य मन्त्रालयले जानकारी गराएपछि आयल निगमले बुधबारदेखि बिकल्पहरुबारे छलफल थालेको जनाएको छ । निगमका कार्यकारी दिर्नेशक गोपालबहादुर खड्काले सरकारले गरेको निर्णय अनुसार तेल ल्याउन भारतको विकल्प खोज्न लागिएको बताए । ‘तेलको अभाव यति चर्को हुँदा पनि भारतले पर्याप्त तेल दिन अझै आनाकानी गरिरहेको छ । त्यसैले हामी भारतबाहेक अन्य मुलुकबाट तेल ल्याउने निर्णय गर्ने तयारी छौं’ खड्काले भने-‘बेलुकीसम्म कस्तो विकल्प प्रयोग गर्ने भन्ने बारे निर्णय हुनेछ ।’ तेल कुन देशबाट ल्याउने गरी गृहकार्य भइरहेको भन्ने उनले खुलाउन चाहेनन् । चीनसँगको नाका पुग्ने सडक मार्ग खुलेकाले सम्भव भएसम्म चीनबाट तेल ल्याउने गरी प्रक्रिया अघि बढेको निगका एक अधिकारीले बताए । नभए अरु मुलुकसँग पनि तेल किन्न प्रक्रिया सुरु गर्ने निगमको तयारी छ । निगमले केही दिन अघि भारतीय आयल कर्पोरशनलाई (आइओसी ) लाई पत्र लेखेर पर्याप्त तेल नदिए आफ्नो वषौर्ं लामो ब्यवसायिक सम्बनध बिग्रने चेतावनी दिएको थियो ।

सामाजिक संजाल

More

भिडियोहरु