रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Nov 2117:23:43 NST

अहिले तरंग

श्रोता सन्देश

केहि क्षणमा

हिन्दी गीत

News

एक सन्तान नीति मार्चसम्म कायमै रहने, चिनियाँ दम्पतीलाई चेतावनी

चीनको उच्च परिवार नियोजन निकायले मार्चसम्म एक सन्तान नीति पालना गर्नु भन्दै चिनियाँ दम्पतीलाई चेतावनी दिएको छ । विहीबार मात्र चीन सरकारले दशकौं लामो एक सन्तान नीति अन्त्य गर्दै दुई सन्तान जन्माउन पाउने निर्णय गरेको थियो । अधिकारीहरुले नियम परिवर्तन नभएसम्म एक सन्तान नीतिमा जोड दिएका छन् । तर, दोस्रो सन्तानको लागि गर्भवती भएका महिलाहरुलाई भने कुनै सजाय दिइने छैन । चिनियाँ स्वास्थ्य र परिवार नियोजन समितिले मार्चमा विधायकहरुले दुई सन्तान नीति अनुमोदन नगरेसम्म पुरानै एक सन्तान नीति कायम रहने जनाएको छ । सरकारले ९० करोड दम्पती दुई सन्तानका लागि योग्य रहेको बताएको छ ।चीनमा जन्मदर र जनसंख्या वृद्धि दरमा कमी ल्याउन सन् १९७९ मा विवादास्पद एक सन्तान नीति लागू गरिएको थियो । तर, यो नीति परिवर्तनका लागि भने दबाब बढ्दै गएको थियो । पछि केही प्रान्तमा यो नीति खुकुलो बनाइएको थियो । एक सन्तान नीति लागू भएपछि करिब ४० करोड शिशुको जन्म रोकिएको अनुमान गरिएको थियो । यो नीति उल्लंघन गरेकोमा धेरै दम्पतीले विभिन्न किसिमका सजाय र जरिवाना पाइसकेका छन् भने गर्भपतनका साथै जागिरबाट हट्नुपर्ने बाध्यतामासमेत परेका छन् । कम्युनिष्ट पार्टीले दुई वर्षअघि औपचारिकरुपमै एक सन्तान नीति खुकुलो पार्ने जनाएको थियो ।

 

सामाजिक संजाल

More

भिडियोहरु