रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Jul 2117:23:43 NST

अहिले तरंग

सदाबहार गीतहरु

केहि क्षणमा

समापन

News

वीरगञ्जमा अनिश्चितकालिन कफ्र्यु, प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु

मधेशी दलको प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले वीरगन्जमा आज अपरान्ह तीन बजे देखि अनिश्चितकालका लागि कर्फु लगाएको छ । वीरगन्जमा आज दिउँसो प्रहरी र प्रदर्शनकारी बिच भएको झडपका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फु लगाएको हो । जिल्ला सुरक्षा समितिको आज दिउसो बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क अनुसार वीरगन्जमा अपरान्ह तीन बजे देखि अर्को सूचना जारी नभए सम्मका लागि कर्फु आदेश जारी गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो । वीरगन्ज रक्सौल नाकाको नेपाल भारत सीमा क्षेत्रमा प्रहरी र प्रदर्शनकारी बीच आज दिउसो भएको झडपका क्रममा एक जना भारतीय युवकको मृत्यु भएको छ । सीमा नाकामा रहेको शंकराचार्य प्रवेशद्धार नजिकै भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर भारतको रक्सौल निवासी अन्दाजी २२ वर्षिय आश्ीष रामको मृत्यु भएको हो । मृतकको शव नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखिएको छ । मृतकको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । मितेरी पुलमा धर्ना दिएका प्रदर्शनकारी र प्रहरी बिच भएको झडपका क्रममा प्रदर्शनकारीहरुले सीमामा खटिएका प्रहरी र  इनर्वा प्रहरी चौकी माथि पेट्रोल बम र ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रु ग्याँस र गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । 
यसैबिच प्रहरीले आज बिहान हस्तक्षेप गरेर खुलाएको वीरगन्ज रक्सौल नाका मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले बिहान ११ बजे देखि फेरि ठप्प पारेका छन् । बिहान पौने पाँच बजे तिर मितेरी पुलमा पुगेको प्रहरीले लाठी चार्ज गरेर आन्दोलनकारीहरुलाइ धपाएपछि वीरगन्जबाट करिब चार सय भारतीय खाली गाडि रक्सौल गएका थिए । वीरगन्जमा ४० दिन देखि अलपत्र परेका करिब चार सय भारतीय खाली ट्रकहरु आज बिहान भारतीय प्रहरीको समन्वयमा रक्सौल पठाइएको थियो भने नेपालमा अलपत्र परेका भारतीय गाडीहरु रक्सौल छिर्ने बित्तिक्कै आन्दोलनकारीहरुले मितेरी पुलमा फेरि धर्ना दिएर नाका ठप्प पारेका थिए ।
 

सामाजिक संजाल

More

भिडियोहरु