रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Oct 1817:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

रसुवा बस दुर्घटनामा २३ जनाको मृत्यु,

 रसुवाको राम्चेमा मंगलबार भएको यात्रुबहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।  दुर्घटनामा ३५ जना घाइते भएका छन् भने घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ । काठमाडौंबाट चिलिमेतर्फ गइरहेको बस राम्चेमा पुग्दा दुर्घटना भइ सडकबाट करिब दुइ सय मिटर तल खसेको थियो । रसुवा र नुवाकोटबाट गएका प्रहरीहरुले भीरबाट शव निकाल्नुका साथै घाइतेहरुलाई उद्धार गरेका थिए । उद्धारका लागि सघाउन नुवाकोटबा प्रहरी निरीक्षकको नेतृत्वमा ६ ओटा एम्बुलेन्सहित प्रहरी रसुवा पठाइएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ९ जनाको नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । सामान्य घाइतेहरुको रसुवा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बा२ख ५७०६ नम्बरको बस मंगलबार दिउँसो पौने १ बजे दुर्घटनामा परेको हो ।

सामाजिक संजाल

More

भिडियोहरु