रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Nov 2117:23:43 NST

अहिले तरंग

श्रोता सन्देश

केहि क्षणमा

हिन्दी गीत

News

image not found

मखमली फूल र माला बिक्री नभएपछि किसान चिन्तामा

तिहारको लागि अत्यावश्यक पर्ने मखमली फूल बिक्री नभएपछि यसवर्ष किसानले लगायको लाखाैं रुपैयाँको मखमली फूल खेर जाने भएको छ । इन्धन अभाव भएपछि किसानले बजारसम्म मखमली फूल र माला लैजान नसकेको र गएको वर्षजस्तो यसवर्ष घरघरमा व्यापारी समेत नआएपछि किसानले उत्पादन गरेर बिक्रीका लागि तयार बनाएको मखमली फूल र माला खेर जाने भएको हो । गएका वर्षमा तिहारको एक महिना अघि नै मखमली फूल र यसको माला लिन घरघर मै व्यापारी आउने गरेको भएपनि यसवर्ष इन्धन अभाव भएको भन्दै व्यापारी नआएपछि फल एवं माला बिक्री गर्न नपाएको नगरकोट नगरपालिका ताथलीका ईन्द्र बनमालाले बताउनुभयो । पख्र्यौली पेशाका रुपमा वर्षौअघिदेखि फूल खेती गर्दै आएका भक्तपुर ताथली बनमाला टोलका ईन्द्रले व्यापारी नआएपछि आफै काठमाडौंसम्म पुगेर फूल बिक्री गर्न पनि गाउँमा यातायातका साधन सहज रुपमा नपाउने भएपछि समस्या भएको बताउनुभयो । भक्तपुरको सुडाल, गुण्डु, बालकोट, ताथली, नंखेल, दुवाकोट, झौखेल लगायतका क्षेत्रका किसानले व्यवसायीक रुपमा फूल खेतीबाट मनग्ये आम्दामी गर्दै आएका छन् । घरघर मै फूल लिन व्यापारी आउने भएपछि केही वर्ष यता भक्तपुरका गाउँगाउँमा मखमली फूल र सयपत्री फूलको व्यावसायिक खेती हदै आएको थियो । घर मै राम्रो १५ देखि ३० रुपैयाँसम्ममा व्यापारीले मखमली फूलको माला किनेर लैजाने भएपछि किसान यसतर्फ आकर्षित भएका थिए । यसवर्ष मखमली फूलबाट राम्रो आम्दामी गर्न सक्ने आशा रहेपनि इन्धन अभावले माला नै बिक्री नहने चिन्ताले सताउन थालेको गण्डुकी रामलक्ष्मी नगरकोटीले गुनासो गर्नुभयो । वैशाखमा बेर्ना राखेर साउनदेखि नै मखमली फूल टिपेर माला गासेर दसैँ लगत्तै माला बिक्री गर्ने किसानहरु यसवर्ष भने माला बिक्री नहुने चिन्तामा परेको बताउँछन् ।

सामाजिक संजाल

More

भिडियोहरु