रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Apr 2617:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

एउटा बिस्कुटको मूल्य २३ लाख

विश्व चर्चित समुद्री जहाज टाइटनिकको लाइफबोटमा रहेको एउटा बिस्कुट १५ हजार पाउण्ड स्टर्लिङ अर्थात २३ लाख ८७ हजार नेपाली रुपैयाँमा बिक्री भएको छ । स्पिलर एण्ड बेकर्स पाइलट नाम गरेको त्यो बिस्कुट लिलामीको क्रममा १५ हजार पाउण्ड स्टर्लिङमा बिक्री भएको लिलामिकर्ता एन्ड्रयु अलब्रिजले बताए । यो बिस्कुट विश्वकै सबै भन्दा महंगो बिस्कुट बनेको छ । यो बिस्कुट ग्रिएका एक व्यक्तिले किनेका हुन् । ठूलो आकारको समुद्री हजार टाइटनिक बेलायतको साउथह्यामप्टनबाट अमेरिकको न्युयोर्क जाने क्रममा सन् १९१२ को अप्रिल १५ मा दुर्घटनाग्रस्त भएको थियो । समुद्रमा रहेको आइसबर्गमा ठोक्किएपछि टाइटनिक समुद्रमै डुबेको थियो । लिलामी भएको बिस्कुटलाई टाइटनिकका एक यात्रुले लाइफबोटमा राखेका थिए । यस्तै टाइटनिक ठोक्किएको आइसबर्ग (हिमपहाड) को तस्बिरको पनि लिलामी भएको छ ।

सामाजिक संजाल

More

भिडियोहरु