रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Saturday, 2017 May 2717:23:43 NST

अहिले तरंग

गजल गंगा

केहि क्षणमा

खवर चेक

News

image not found

यस्तो बन्यो मन्त्रिमन्डल, कसलाई कुन मन्त्रालय

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । तीन उपप्रधानमन्त्री, ६ जनामन्त्री र एकजना राज्यमन्त्री विहीबार थपिएका हुन् । विस्तारित मन्त्रिपरिषदका सदस्यहरुलाई विहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराइन् । विहीबार नियुक्त गरिएका उपप्रधानमन्त्रीहरुमा एमालेका भीम रावल उपप्रधान तथा रक्षामन्त्री, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उपप्रधान तथा गरिबी निवारणमन्त्री र नेकपा मालेका सीपी मैनाली उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याणमन्त्री रहेका छन् । यस्तै, एमालेका विष्णु पौडेल–अर्थ, शेरधन राई– सूचना तथा सन्चार प्रविधि, शान्ता मानवी–विना विभागीय र आनन्द पोखरेल–संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका छन् । यसैगरी, यसअघि विना विभागीयमन्त्री बनेका फोरम लोकतान्त्रिकका रामजनम चौधरी–स्वास्थ्य तथा जनसंख्या, एमालेका सत्यनारायण मण्डल–युवा तथा खेलकुद, विश्वेन्द्र पासवान–विज्ञान तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी, राप्रपा नेपालका रामकुमार सुब्बालाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, मेघराज नेपाली निषादलाई उद्योग राज्यमन्त्री र मुस्ताक आलमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । गत असोज २५ गते प्रधानमन्त्री निर्वाचित भएका ओलीले विहीबार दोस्रोपटक मन्त्रिमन्डल विस्तार गरेका हुन् । 

सामाजिक संजाल

More

भिडियोहरु