रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Thursday, 2017 Sep 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

चालकको लापर्वाहिका कारण जिप दुर्घटना २ को मृत्यू ८ घाईते

नरी बडु, बैतडी १९ कात्र्तिक ।
चालकको लापर्वाहिका कारण बैतडीको ग्वाल्लेक गाविसमा पर्ने सैनिखान भन्ने ठाँउमा आज साँझ जिप दुर्घटना हुन दुई जनाको मृत्यू हुनका साथै ८ जना घाईते भएका छन् ।
बैतडीको देहिमाण्डौँबाट गिरेगडाका लागि छुटेको से १ ज ७७३ नम्बरको जिप ग्वाल्लेकको सैनिखानमा दुर्घटना हुदा बैतडीको दशरथचन्द नगरपालीका ७ कि १८ वर्षिय रेखा भट्टको र ग्वाल्लेक ९ का ७० वर्षिय तारा जोशिको मृत्यु भएको छ भने अन्य ८ घाईते भएका छन् ।
घाईते हुनेमा ग्वाल्लेक ४ का प्रकास जोशी, ग्वाल्लेक ६ का सरस्वती जोशि, ग्वाल्लेक ५ का सरस्वती पन्त, दशरथचन्द नगरपालीका ७ का निरज भट्ट, ग्वाल्लेक २ का जेजबहादुर चन्द, ग्वाल्लेक २ कै भागरथी शोशि, नगार्जुन ५ का पार्वती पन्त र ग्वाल्लेक २ का लोकेस जोशि रहेका छन् ।
८ मध्ये २ को अवस्था गम्भीर रहेको र अन्यको अवस्थाभने सामान्यनै रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख इन्सपेक्टर विष्णुबहादुर सिङले बताए  ।
प्रहरीका अनुसार चालकले मापसे गरी जिप चलाएको र दुर्घटनापछि चालक फरार रहेका छन् ।
फरार चालकको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

More

भिडियोहरु