रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Jul 2117:23:43 NST

अहिले तरंग

सदाबहार गीतहरु

केहि क्षणमा

समापन

News

डडेल्धुराको रक्त सञ्चार सेवा केन्द्रमा रगतको अभाव

डडेल्धुराको रक्त सञ्चार सेवा केन्द्रमा रगतको अभाव हुँदा उपचारमा कठिनाई भएको छ । उपक्षेत्रिय अस्पतालमा बिरामीहरु को उपचार सम्भव भएपनि रगत अभावका कारण रगत चाहिएका बिरामीहरुलाई तराईका जिल्लाहरुमा रेफर गर्नुपर्ने बाध्यता रहेको उपक्षेत्रिय अस्पताल डडेल्धुराले जनाएको छ । नेपाल रेडक्रस सोसाईटी डडेल्धुराको मातहतमा रहेको रक्त सञ्चार सेवा केन्द्रमा रगत नभएपछि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको भर पर्नु परेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सन्तोष गुप्ताले जानकारी दिनुभएको छ । तर रक्त सञ्चार सेवा केन्द्रका अनुसार बिगतका दिनहरुमा रगत खेर जाने भएकाले आवश्यक परेको बेला रक्तदाताहरु लाई बोलाएर बिरामीहरुलाई रगत उपलब्ध गरिने बताइएको छ । अहिले उप क्षेत्रीय अस्पतालमा सिएस हुने भएकाले रगतको आवश्यकता पर्ने गरेको छ । उपक्षेत्रीय अस्पतालमा अहिले दैनिक २ देखि ४ पिन्ट जति रगत आवश्यक पर्ने गरेको जनाइएको छ ।
 

सामाजिक संजाल

More

भिडियोहरु