रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Apr 2517:23:43 NST

अहिले तरंग

हुक्का चिलीम

केहि क्षणमा

बिबिसी नेपाली सेवा

News

प्रधानमन्त्रीलाई भट्टराई र नागरिक समाजका अगुवाको स्मरणपत्र

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र नागरिक समाजका अगुवाले तराई मधेसमा देखिएको समस्याको समाधान वार्ता र संवादबाटै गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक स्मरणपत्र बुझाउनुभएको छ ।       प्रधानमन्त्री निवास बालुवाटार पुगेर आज तराई मधेसको आन्दोलन र भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दी फरक–फरक विषय भएकाले त्यसलाई फरक कोणबाट हेर्नसमेत आग्रह गरिएको छ । नेपाली जनतालाई राष्ट्रवादी र अराष्ट्रवादीको कित्तामा विभाजन गरेर नहेर्न आग्रह गरिएको छ । तराई मधेसको आन्दोलन चाँडो समाधान गर्न र नियन्त्रणभन्दा बाहिर जान दिन नहुने स्मरणपत्रमा अनुरोध गरिएको भट्टराईले जानकारी दिनुभयो ।
संयुक्त स्मरणपत्रमा अभाव, महँगी, घुसखोरी तथा कालोबजारी नियन्त्रण गरी जनतालाई सरकार भएको प्रत्याभूति गराउनसमेत माग गरिएको छ ।
 

सामाजिक संजाल

More

भिडियोहरु