रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Dec 1917:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जशोदाबेनलाई पासपोर्ट दिइएन

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जशोदाबेनलाई पासपोर्ट दिन अस्वीकार गरिएको छ । भारतीय सन्चारमाध्यमहरुका अनुसार गत महिना पासपोर्टका लागि निवेदन दिएकी जशोदाबेनलाई अधिकारीहरुले विवाहको प्रमाणपत्र माग्दै पासपोर्ट दिन अस्वीकार गरेका हुन् । अहमदाबादस्थित क्षेत्रीय पासपोर्ट अधिकारीले आवश्यक कागजात नपुगेकाले जशोदाबेनलाई पासपोर्ट नदिएको बताएका छन् । आफन्तहरुसँग भेटघाटका लागि जशोदाबेन विदेश जान खोजेको उनका भाइ अशोक मोदीले बताएका छन् । सन् १९६८ मा १७ वर्षको उमेरमा मोदीसँग विवाह गरेकी जसोदाबेन अवकाश प्राप्त शिक्षिका हुन् ।विवाह भएको केही महिनासम्म मोदी उनीसँगै रहेपनि त्यसको केही समयपछिबाट अलग्गिएका उनले पछि कहिल्यै पत्नी जसोदाबेनसँग नभेटेको बताइन्छ । मोदीबाट पूरै बेवास्ता गरिएकी जसोदाबेनले संघर्ष गर्दै आफ्नो जीवन अगाडि बढाएकी थिइन् । मोदी गुजरातको मुख्यमन्त्री रहेको बेला जशोदाबेनलाई मोदीले पत्नी स्वीकारेका थिएनन् । सन् २०१४ मा आएर मात्र मोदीले उनलाई पत्नी स्वीकारेका थिए । उनी हाल उत्तरी गुजरातको ब्रह्मवदा गाउँमा भाइ अशोकसँग बस्दै आएकी छन् ।

सामाजिक संजाल

More

भिडियोहरु