रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Jul 2117:23:43 NST

अहिले तरंग

सदाबहार गीतहरु

केहि क्षणमा

समापन

News

image not found

भारतले पेल्न खोजे सहन नसकिने प्रचण्डको भनाइ

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताका प्रतिनिधिले नेपालको पक्षमा संविधान बनाएबापत सजाय भोग्नुपर्ने छिमेकीको नीति बुझ्न नसकिएको बताउनुभएको छ । निर्मल लामा स्मृति प्रतिष्ठानको दोस्रो साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उहाँले नेपालको पक्षमा स्वतन्त्ररुपमा निर्णय गरेबापत तथा नेपालीको हित र चासोलाई सम्बोधन गरेबापत नाकाबन्दी भोग्नुपर्ने चलन कस्तो हो भन्ने प्रश्न गर्नुभयो । अध्यक्ष दाहालले नेपालको पक्षमा बोल्दा र नेपाली जनताको पक्षमा निर्णय गर्दा कुनै पनि मुलुकको विरोध गरेको बुझ्न नहुने उल्लेख गर्दै उहाँले आफूहरु भारतसँग समानताका आधारमा सम्बन्ध स्थापित होस् भन्नेमा रहेको उल्ल्ेख गर्नुभयो । सधैँ पेल्नखोजे सहन नसक्ने स्पष्ट पार्दै नेपालको सार्वभौमसत्ता, अखण्डता र आत्मसम्मानको कुरा गर्दा कुनै पनि मुलुकको विरोध गरेको भनेर नबुझ्न आग्रह दाहालले गर्नुभयो । तराई मधेसमा देखिएको आन्दोलन र असन्तुष्टिको सम्बोधन गर्न नेपालका राजनीतिक दल, सरकार र जनता आफैँसक्षम रहेको उल्लेख गर्दै उहाँले बाहिरका आएर यसो गर उसो गर भनेर अर्ती उपदेश दिनुको कुनै सन्दर्भ नरहेको बताउनुभयो । अध्यक्ष दाहालले भारतले संयुक्त राष्ट्र सङ्घको मानवअधिकार समितिको बैठकमा द्वन्द्वकालीन घटनाको प्रसङ्ग उठाएर नेपालको मौलिक शान्ति प्रक्रियामा अनावश्यक चासो व्यक्त गरेको बताउनुभयो ।

सामाजिक संजाल

More

भिडियोहरु