रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Saturday, 2017 May 2717:23:43 NST

अहिले तरंग

गजल गंगा

केहि क्षणमा

खवर चेक

News

आन्दोलनरत दलका माग समाधान खोज्न सरकार प्रतिबद्ध

आन्दोलनरत दलका मागलाई वार्ताको माध्यमबाट समाधान खोज्न प्रतिबद्ध रहेको सरकारले जनाएको छ  । आन्दोलनका क्रममा भएका घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था भएको, झुट्टा मुद्दालाई फिर्ता गर्ने प्रक्रिया आरम्भ भएको तथा मृतकका परिवारलाई १० लाख रुपैँया उपलब्ध गराउने निर्णय कार्यान्वयन भइसकेकाले वार्ता प्रक्रियालाई निष्कर्षमा पु¥याउन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले  दीपावली, छठ लगायतका पर्वलाई ध्यानमा राखेर स्थितिलाई सामान्य तुल्याउन, जनताका दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन तथा वार्ता र संवादको माध्यमबाट निष्कर्षमा पुग्न मधेस केन्द्रित दललाई आह्वान गर्ने निर्णय भएको जानकारी दिनुभयो । नेपाल–भारत सीमा नाकामा पारवाहन तथा आपूर्ति व्यवस्थामा देखिएको असहज स्थितिले औषधि, खाना पकाउने ग्यास, इन्धनलगायत अत्यावश्यक वस्तुको आयातलाई नियमित गर्न र सहज बनाउन र दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याउन योगदान गर्न मन्त्रिपरिषद्को बैठकले भारत सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेका छ । मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको प्रवक्तामा सूचना तथा सञ्चार प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरेको छ । वरिष्ठ सङ्गीतकार (राष्ट्रिय गानका सङ्गीतकार) अम्बर गुरुङलाई मासिक ३० हजार आर्थिक सहयोग उपलब्ध गराउने,नेपाल प्रहरीलाई पनि निजामती कर्मचारी सरह जीवन विमाको व्यवस्था गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल, जनसम्पर्क विशेषज्ञका रूपमा विशिष्ट श्रेणीको सुविधा प्राप्त गर्नेगरी एमाले नेत्री निरुदेवी पाल र राजनीतिक विज्ञमा देवेन्द्र दाहाल तथा अर्थमन्त्रीको आर्थिक सल्लाहकारका रूपमा डा गोविन्द नेपाललाई नियुक्त गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

सामाजिक संजाल

More

भिडियोहरु