रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Nov 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

हिन्दी गीत

News

मोर्चाका कार्यकर्ताले युवकको औंला छिनाले, महतोको निर्देशनमा आक्रमण

 
भैरहवा, असोज २० । भैरहवाको बेलहिया नाकामा मधेसी मोर्चाका कार्यकर्ताले बुधबार एकजना नेपालीमाथि सांघातिक आक्रमण गरेका छन् ।
भारतीय भूमिमा बसेर नेपालतर्फ सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दै आएको समूहले रुपन्देहीको भलबारीका कृष्णबहादुर क्षत्रीमाथि आक्रमण गरेको हो ।
किनमेलका लागि सुनौली गएका क्षत्रीलाई धारिलो हतियारले प्रहार गर्नुका साथै मोर्चाका कार्यकर्ताले उनको हातका चारओटा औला छिनाली दिएका छन् । क्षत्रीको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सुनौलीको भारतीय होटलमा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको निर्देशनमा सांघातिक आक्रमण भएको बताइएको छ ।
मोर्चाका कार्यकर्ताले बुधबार पनि भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा हानेपछि स्थानीय बासिन्दाले प्रतिकार गर्दै उनीहरुलाई लखेटेका थिए भने त्यसक्रममा झडप समेत भएको थियो । झडपमा परी दुवैतर्पm केही घाइते भएका छन् ।

सामाजिक संजाल

More

भिडियोहरु