News

भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको नाकाबन्दीविरुद्ध उत्रिए खेलाडी

भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको भन्दै खेलाडीहरु विरोधमा उत्रिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा सोमबार दशरथ रंगशालामा विरोध कार्यक्रम गर्दै विभिन्न खेलका खेलाडी तथा पदाधिकारी भेला भएका थिए । सोमबार पहिलो चरणको कार्यक्रममा उनीहरुले हस्ताक्षर अभियान सुरु गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, पूर्वखेलाडी बैकुण्ठ मानन्धर, दीपक विष्ट, संगीना वैद्य, जितबहादुर केसी, सुशीलनरसिंहलगायत विभिन्न खेलका प्रतिनिधिले नाकाबन्दीविरुद्ध हस्ताक्षर गरे ।सोमबारै हस्ताक्षर संकलन सकेर मंगलबार प्रधामन्त्री केपी शर्मा ओली र भारतीय राजदूतावासलाई बुझाउने कार्यकम रहेको कार्यकमको संयोजक धावक एवम् पर्वतारोही सञ्जय पण्डितले जानकारी दिए ।

सामाजिक संजाल

More

भिडियोहरु