रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Oct 1817:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

दार्चुलामा आत्महत्याका घटनामा बृद्धि, एक हप्ताकै अवधीमा आत्महत्याका पाँचवटा घटना घटे

दार्चुला समाचार 
दार्चुलामा आत्महत्याका घटनामा बढेका छन् । एक हप्ताकै अवधीमा दार्चुलामा ४ वटा घटना घटेको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ । कार्तिक महिनाको २५ गते यता चार जनाले आत्महत्या गरेका छन् भने एक जनाले आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आज मात्रै दत्तू गाविस वडा नम्बर ९ बस्ने देबसिह खातीकी श्रीमती तारादेबी खाँतीले महाकाली नदिमा हाम फाली आत्म हत्या गरेकी छिन् । त्यसैगरी आजै दार्चुलाको सिप्टी गाविस वडा नम्बर ४ घोडेधार जंगलमा पुरनसिह धामीका १७ बर्षिया छोरा श्यामसिह धामी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । त्यसैगरी कार्तिक २६ गते भगवती गाविस वडा नम्बर ८ निवासी शंकरसिह धामीकी १८ बर्षिया छोरी हिरा धामीले रुखमा झुण्डिएर आत्महत्या गरेकी छिन् । कार्तिक  २३ गते खरकडा गाविस बुढाकोट बस्ने दामोदर जोशीले महाकाली नदिमा हाम फालेर आत्म हत्या गरेका छन् । त्यसैगरी कार्तिक २५ गते हुनैनाथ गाविस वडा नम्बर ९ बस्ने जितसिह धामीकी श्रीमती मानमती धामीले घर नजिकै आत्महत्या गर्ने बेला थाहा पाएपछि ज्यान जोगीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यसरी एक हप्ताको अवधिमा जिल्लामा यसरी आत्म हत्याका घटना बढ्नुमा विभिन्न कारण भएको भएपनि मूख्य गरी जनचेतना अभावको कारण बढी रहेको छ । यसका लागि सरोकारवाला सबैले सचेत हुनुपर्ने बेला आएको छ । 
 

सामाजिक संजाल

More

भिडियोहरु