रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Jul 2117:23:43 NST

अहिले तरंग

सदाबहार गीतहरु

केहि क्षणमा

समापन

News

कञ्चनपुरको कञ्चन प्राङ्गारिक मल उद्योगद्धारा व्यावसायिक उत्पादन सुरु

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको बञ्जरीमा रहेको कञ्चन प्राङ्गारिक मल उद्योगले पूर्ण क्षमताका साथ व्यावसायिक उत्पादन सुरु गरेको छ । कृषि मन्त्रालयको माटो व्यवस्थापन निर्देशनालयको औजार खरिदअन्तर्गतको ५० प्रतिशत अनुदानको रु १९ लाख ५० हजार र उद्योग सञ्चालकको रु २५ लाख गरी रु ४४ लाख ५० हजारको लगानीमा उद्योग स्थापना भएको हो । स्थानीय कच्चा पदार्थको प्रयोग गरी उद्योगले मल उत्पादनमा जोड दिएको उद्योगका सञ्चालक चूडामणि जोशीले बताउनुभयो । स्थानीयस्तरमा पाइने झारपात, सहरी फोहरमैला, घाँस, स्याउला, सोत्तर, भुषा, पिना, कुखुराको सुली, वोनमिल, प्रेसमड र उद्योगबाट निस्कने फोहरमैलाको प्रयोग गरी मल बनाइन थालेको उहाँले जानकारी दिनुभयो । उद्योग सञ्चालनमा आएको एक सातामै छ मेट्रिक टन बढी मल उत्पादन भई बिक्री भइसकेको छ । उद्योगको वार्षिक मल उत्पादन क्षमता ७ हजार दुई सय मेट्रिक टन रहेको छ ।
 

सामाजिक संजाल

More

भिडियोहरु