रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Jul 2117:23:43 NST

अहिले तरंग

सदाबहार गीतहरु

केहि क्षणमा

समापन

News

तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन

सरकारमा सहभागी राजनीतिक दलका तर्फबाट आन्दोलनरत दलसँग वार्ताका लागि तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा एमाले वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्री कमल थापा सदस्य रहनुभएको वार्ता टोली गठन गरेको हो । तराई–मधेसमा आन्दोलतरत दलले सरकारको वार्ता टोलीसँग वार्ता गर्न नमानेपछि संयन्त्रका संयोजक प्रचण्डको संयोजकत्वमा वार्ता टोली गठन गरिएको जनाइएको छ सरकारले यसअघि उपप्रधानमन्त्री थापाको संयोकत्वमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरी सदस्य रहेको वार्ता टोली गठन गरेको थियो । आन्दोलनरत दलसँग वार्ताका क्रममा उच्च तहमा नै वार्ता हुनुपर्ने माग आन्दोलनरत पक्षबाट आएपछि सरकारले आज अर्को वार्ता टोली गठन गरेको हो । उच्चस्तरीय वार्ता टोलीमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रतिनिधिलाई पनि सहभागी गराउने सरकारले जनाएको छ । मधेसकेन्द्रित दल र काङ्ग्रेसबीच हिजो भएको द्विपक्षीय छलफलमा पनि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने माग आन्दोलनरत दलहरुले राखेका थिए ।
 

सामाजिक संजाल

More

भिडियोहरु