रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Aug 2217:23:43 NST

अहिले तरंग

नेपाल खवर

केहि क्षणमा

लोक दोहरी गीतहरु

News

image not found

दार्चुला जिल्लाको सडक गुरुयोजना कार्यान्वयनमा ढिलाई,

दार्चुला समाचार 
दार्चुला जिल्लामा हाल १ सय २४ दशमलब ८७ किलोमिटर सडक निर्माण भएको छ ।  जिल्ला सदरमुकाम खलंगालाई जोड्ने महाकाली लोकमार्ग तथा जिल्लामा निर्माण सम्पन्न भएका साथै निर्माधिन अवस्थामा रहेका सडकहरुलाई विस्तार एवं स्तरिकरण गर्ने कार्यले तिब्रता नपाएपछि जिल्लामा निर्माण गरिएको यातायात गुरुयोजना कार्यान्वयनमा समेत ढिलाई भईरहेको छ । दार्चुला जिल्लामा रहेको महाकाली लोकमार्गको ७१ दशमलब ७८ प्रतिशत सडक मात्रै कालोपत्रे भएको छ । त्यसमै पनि महाकाली नदिमा २०७० सालमा आएको बाढीले क्षती गरेको ३ किलोमिटर सडक खण्ड अझै कालो पत्रे गर्न बाँकी रहेको छ । त्यो बाहेक जिल्लामा निर्माण गरिएको ५३ किलोमिटर सडक कच्ची रहेको छ । जिल्लामा रहेको दुहुँ क्षेत्र जोड्ने दार्चुला तिङ्कर सडक अझै निर्माणाधीन अवस्थामा रहेको छ भने खार खलंगा, बेत लाली, गोकुलेश्वर धुलिगडा, तथा विटुले लटिनाथ पारिबगड सडक खण्डको विस्तार तथा कालोपत्रेको काम गर्न बाँकी रहेको छ । विभिन्न कारणले गर्दा जिल्लाको यातायात गुरुयोजना निर्माण कार्यमा ढिलाई भइरहेको छ । 
जसका कारण बनेका सडकहरुपनि कम गुणस्तरका, योजना लागु भई निर्माणाधिन अवस्थामा रहेका ग्रामिण सडकहरुमा पनि समयमा काम सम्पन्न नगरी बजेट फ्रीज जाने सम्भावना बढी भएका कारण उक्त योजना अलपत्र परेको हो । जिल्लाको भौगोलिक विकटता तथा बाह्य श्रोत साधनको कमिका कारण जिल्ला विकास समिति दार्चुलाले अबलम्बन गरेको दीर्घकालीन नीति ‘जलश्रोत जडीबुटी एवं पर्यटन पूर्वाधारमा हाम्रो प्रयास, समग्र दार्चुलाको विकास’ भन्ने नीति पनि अन्यौलमा परेको छ । उक्त नीति अन्तरगत जिल्लामा सडक विस्तारका लागि मात्रै अपि हिमाल पर्यटकीय मार्ग, कैलाश मानसरोबर मार्ग जिल्लाको छोटो पहूँचका रुपमा रहेको गोकुलेश्वर देथला खार खलंगा सडक, धाप निशिल ग्वानी बगौरा सडक लगायत जिल्लाका अन्य कृषि सडकहरुको योजना अलपत्र परेको हो । 
 

सामाजिक संजाल

More

भिडियोहरु