रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Jul 2117:23:43 NST

अहिले तरंग

सदाबहार गीतहरु

केहि क्षणमा

समापन

News

तातोपानी नाकाबाट ठूला गाडी सञ्चालन

 
चौतारा, असोज २० — भूकम्पपछि विभिन्न ठाउँमा झरेको पहिरोले अवरुद्ध बाह्रविसे–तातोपानी सडकखण्डमा बुधबारदेखि ठूला गाडी सञ्चालन हुन थालेका छन् । सडक डिभिजन कार्यालय चरिकोटको प्रयासमा २६ किलोमिटर लामो यस सडक खण्डमा गत शुक्रबारदेखि खुलाइएको ट्रयाकलाई सुधार गरी यात्रु बस तथा कन्टेनर भ्यानसमेत सहजरुपमा मितेरी पुलसम्म ल्याउन थालेको इन्जिनियर रामबहादुर गुरुङले जानकारी दिनुभयो ।
 अहिले राजमार्ग मर्मतका लागि ब्रोकर, डोजर, स्काभेटर र लोडरसहित १० वटा मेसिनरी औजार प्रयोग भइरहेको र ठूलो ब्रेकर हेभी इक्यूपमेन्ट डिभिजनमा माग गरिएको उहाँले जानकारी दिनुभयो ।
सडकका लागि बजेटको अभाव भएकाले माथिल्लो निकायसम्म बजेट माग गरिएको डिभिजन इन्जिनियर रामहरि पोखरलले जानकारी दिनुभयो । 

सामाजिक संजाल

More

भिडियोहरु