रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Jul 2117:23:43 NST

अहिले तरंग

सदाबहार गीतहरु

केहि क्षणमा

समापन

News

भट्टराईलाई साम्राज्यवादीले प्रयोग गरेको महराको आरोप

एकिकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले नयाँ शक्ति निर्माणको लहडमा लाग्दा डा. बाबुराम भट्टराईलाई साम्राज्यवादी र विस्तारवादीहरुले उपयोग गरेको आरोप लगानुभएको छ । मंगलबार गोरखामा भएको अन्तक्र्रिया कार्यक्रममा महराले संविधान निर्माणको जस पाउन नसक्ने देखेर भट्टराईले पार्टी छोडेर हिँडेकोसमेत आरोप लगानुभयो । भट्टराईले भनेजस्तो नयाँ शक्ति शहरकेन्द्रित मध्यमवर्गीय नागरिकलाई समेट्ने खालको मात्रै हुने महराले बताउनुभयो । संविधान निर्माणपछि नयाँ शक्ति बन्नु र बनाउनु स्वाभाविक भएपनि भट्टराई साम्राज्यवादी र विस्तारवादीको असल प्रतिनिधिका रुपमा देखिन थालेको उहाँको आरोप छ ।भट्टराईको नयाँ शक्तिको बहसमा भाग लिन गएका भनिएका केही नेता एकिकृत माओवादीमै फर्कन चाहेको पनि महराको दावी छ । भट्टराईले पार्टी छोडेपनि सांगठनिक रुपमा त्यति धेरै अप्ठ्यारो नपरेको महासचिव महराले बताउनुभयो । महासचिव महराले नयाँ संविधान कार्यान्वयनमा भारत मुख्य वाधकका रुपमा देखिएको समेत बताउनुभयो । संविधान कार्यान्वयनमा मुख्य ३ वटा चुनौती रहेको भन्दै उहाँले नेपालमा अहिले विकसित राजनीतिक घटनाक्रममा भारतको साथ नदेखिनुलाई संविधान कार्यान्वयनको चुनौतिको रुपमा व्याख्या गर्नुभएको हो । संसदको सबभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षीका रुपमा रहेको अवस्थामा पनि संविधान कार्यान्वयनले गति लिन नसक्ने उहाँको भनाई छ । काँग्रेसको सहभागीताबिना मधेसकेन्द्रित दलका माग सम्बोधन गर्ने गरि संविधान संशोधन गर्न समेत नसकिने अप्ठ्यारो अवस्था रहेको महराले बताउनुभयो ।

सामाजिक संजाल

More

भिडियोहरु