News

image not found

राष्ट्रको सातौ धाम मालिकार्जुनमा जात्राको तयारी गरीदै

दार्चुला समाचार 
राष्ट्रको सातौ धाम मालिकार्जुनमा जात्राको पुर्ण रुपमा तयारी भएसकेको छ । 
यहि मंसिर महिनाको ८ गते हुने जात्राको लागि मालिकार्जुन मन्दिरमा आज मालिकार्जुन उमावि मडमा अध्ययनरत विद्यार्थी शिक्षक मिलेर सरसफाइ गरेका छन । मन्दिर परिसरमा भएका  पालास्टीक लगायत अन्य फोहरमैलाको व्यावस्थापन गरेको मालिकार्जुन उमावि मडमा साहायक प्रध्यानाध्यापक भुवन बहादुर डागाले बताउनु भयो । मन्दिरमा ३ वर्षबाट बसोबास गर्दै आएका महाराज रत्नेश्वरानन्दकोसमेत सहभागिता रहेको थियो । 
जात्राको तयारीसंगै मन्दिर परिसर दुलहि जस्तै सिङ्गारीएको मालीकार्जुन पर्यटन पुर्वाधार विकास समितिका सचिव जनक सिह धामीले बताउनु भयो । जात्राको लागि कैलाली, कन्चनपुर र भारतको हल्दवानी, खटिमा, पिथौरागडबाट भक्तजनहरु आउन सुरुगरेको सचिव धामीले बताउनु भयो । त्यसैगर मालिकार्जुन मन्दिरमा रेलिङ् हाल्नेकाम सम्पन्न भएको छ । मालिकार्जुन मन्दिरमा मुख्याराठी परिवारको आर्थीक लगानीमा  रेलिङ हालेका थिए । मुख्याराठी परिवारका बिजु बुबु र दामु बुबुका छोरा नातिले सामुहिक ४ लाखको लगानीमा मन्दीर परिसरमा रेलीङ हालेको मालीकार्जुन मन्दीरका मुख्या रुद्र सिह धामीले जानकारी दिनु भयो ।  
 
 

सामाजिक संजाल

More

भिडियोहरु